‘कड्के कमाल के’ ट्रेलरमा नीता, आर्यन र राजपाल

नेपाली नायक आर्यन अधिकारी र नायिका नीता ढुंगाना अभिनित भारतीय फिल्म ‘कड्के कमाल के’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा आर्यन र बलिउड कलाकार राजपाल यादवको कमेडी प्रस्तुत गरिएको छ । फिल्ममा भारतीय र नेपाली कलाकारहरुको अभिनय रहेको छ । अधिकांश छायांकन नेपालमा गरिएको फिल्ममा नेपाली गीत पनि समावेश गरिएको छ । फिल्ममा आर्यन, नीता, रामपालसँगै ऊषा नाडकर्णी, एञ्जल श्रेष्ठ, दया शंकर पाण्डे, विजय पाटकर, राना जंग बहादुर, राजिव निगम लगायतको अभिनय रहेको छ । लक्ष्मण सिंहले निर्देशन गरेको फिल्मलाई ऐतवारी सिंह निर्माण गरेका हुन् । फिल्म मे २४ बाट प्रदर्शनमा आउदै छ ।