के विवाह अघि नै गर्भवती भएकी हुन् मलाइका ?

भारतीय अभिनेत्री मलाइका अरोराको अस्पताल गएको घटना चर्चामा रहेको छ । केही समय अगाडी उनी आफ्ना प्रेमी अर्जुन कपुरको साथ लिलावती अस्पतालको बाहिर देखिएकी थिइन् ।

उक्त समय हस्पिटल भिजिटलाई रेगुलर चेकअपको नाम दिइएको थियो । पुनः उनी अस्पताल बाहिर देखिएकी छन् । यसलाई भने सामाजिक संजाल प्रयोगकर्ताले उनी गर्भवती भएको भन्दै ट्रोल बनाईरहेका छन् ।

उनी आफै केही स्वास्थ्य समस्या लिएर अस्पताल आएको हुन सक्छ । त्यस्तै कसैलाई भेट्न समेत आएको हुन सक्छिन् । तर सामाजिक संजालमा भने यसले अर्कै रुप लिएको छ । यस अघि पनि सामाजिक संजालमा ऐश्वर्या राय, प्रियंका चोपडा, दीपिका पादुकोण लगायतको प्रेग्नेन्सीको गलत खबर भाइरल भइरहेको नै हो ।

अस्पताल बाहिर उनी क्याजुअल लुकमा देखिएकी थिइन् । उनको यस्तो रुप प्राय जिमको क्रममा देख्न पाइन्छ ।