फिल्म ‘जात्रै जात्रा’ पोष्टर सार्वजनिक

फिल्म ‘जात्रै जात्रा’को पोष्टर सार्वजनिक भएको छ । फिल्म रिलिज हुन करिब एक महिना बाँकी रहदा यसको पोस्टर सार्वजनिक गरिएको हो ।

प्रदिप भट्टराइको निर्देशनमा तयार भएको यो फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँ हुन् । फिल्ममा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ ।

पोस्टरमा कलाकार दयाहाङ राई, विपिन मल्ल, कलाकार रविन्द्र झा र रविन्द्र सिंह बानियाँले दुरबिनले केही हेरेको देखाइएको छ । साथमा नायिका बर्षा राउत, कलाकार राजाराम पौडेल लगायत छक्क परेको देखिन्छ । फिल्म जेठ ३ गतेबाट प्रदर्शन हुँदैछ ।