म्युजिक भिडियोमा ‘राजेश दाई भाउजु’ (फोटो फिचर)

- मेराेफिल्म

महानायक राजेश हमाल म्युजिक भिडियोमा देखिने भएका छन् । सुनिल सिंह ठकुरीको स्वर तथा संगीत रहेको गीतमा राजेश हमाल उनकी पत्नी मधुको साथमा देखिन लागेका हुन् । हमाल जोडी म्युजिक भिडियो छायांकनका लागि चितवन पुगेका छन् । यस अघि यी दुईले एक विज्ञापनमा भने स्क्रिन सेयर गरेका थिए । मोडलिङ व्याग्राउन्डबाट आएकी मधुको म्युजिक भिडियोमा भने यो पहिलो प्रयास हो । ‘जिन्दगी’ बोलको गीतको भिडियो निर्देशन दशरथ सुनारले गरेका हुन् । छायांकनमा उत्सव दाहाल र सम्पादन विकाश दाहाल रहेका छन् ।

तस्वीर : सुनिल सिंह ठकुरी

२०७६ वैशाख ६ गते १५:५४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *