‘हजार जुनी सम्म’को ‘एमजी रोडैमा’ सार्वजनिक

- मेराेफिल्म

फिल्म ‘हजार जुनी सम्म’ को लोक लयको गीत ‘एमजी रोडैमा’ सार्वजनिक भएको छ । गीतमा राजनराज सिवाकोटी र मेलिना राइको आवाज गायक सिवाकोटीकै शब्द र राजन इशानको संगीतसंयोजन रहेको छ । गीतमा फिल्मका मुख्य कलाकार स्वस्तिमा खड्का सलोन बस्नेत र अखिलेश प्रधान फिचर्ड छन् । गीतमा कोरियोग्राफी कविराज गहतराज ले गरेका हुन् भने छायांकन पुरुसोत्तम प्रधानको रहेको छ।

विकासराज आचार्यको निर्देशन रहेको फिल्म साउनको ३० गते जनैपुर्णिमाबाट नेपालभर प्रदर्शन हुनेछ । फिल्ममा सलोन स्वस्तिमा र अखिलेशको साथमा आर्यन सिग्देल, प्रियंका कार्की तथा नयाँ कलाकार अकी प्रधान रहने छन् । आचार्यको नयाँ फिल्ममा निर्देशक स्वयम् र सामिप्यराज तिमिल्सिनाको स्क्रिप्ट रहेको छ । विशाल चाम्लिङको निर्माणमा तयार भएको फिल्मको छायांकन नेपाल र भारतको सिक्किममा गरिएको हो ।

२०७६ वैशाख ९ गते १५:०० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *