सुष्माजी, आफ्नो पालो कहिले ?

अभिनेत्री सुष्मा कार्कीलाई दर्शकले फिल्ममा हेर्न पाएका छैनन् । सुष्माको ओरालो लाग्दो करिअर नै यसको मुख्य कारक हो । सुष्माले हिट फिल्म दिन नसकेपछि उनको फिल्म गती सुस्ताएको हो ।

सुष्मा कार्कीले अब बिहे गर्दैछिन् भनेर बेला बेलामा सुनिएको पनि हो । तर, सुष्मालाई विन्दास जिन्दगी जिउनमै रमाइलो लागिरहेको छ । सुष्मा आफूलाई विन्दास युवती भन्छिन् पनि ।

सुष्मा कार्की निर्माता प्रभु शमशेर जबराकी भान्जी हुन् । यही भएर उनी निर्माता प्रज्ज्वल शमशेर जबराको इन्गेजमेन्टमा आकर्षक बनिन् । सुष्माको ठाट हेर्दा उनलाई पनि चाडै नै बिहे गर्न मन लागेको जस्तो लाग्थ्यो ।

सुष्मा कार्की निर्देशक रेनशा वान्तवा राई र निर्माता प्रज्ज्वल शमशेर जबराको इन्गेजमेन्टमा ठाटिएर पुगिन् ।

सुष्मालाई सारीमा सुहाएको पनि थियो । तर, अब त आफ्नो पालो पनि आएन र सुष्माजी । बिहे गर्ने भन्दा भन्दै घर्किएला है उमेर । बेलैमा सोचिहाल्ने हो कि ?