नेपालका ठाउँ सकिएकै हुन् त ?

विकास राज आचार्य निर्देशित फिल्म ‘हजार जुनी सम्म’ को गीत एमजी रोडैमा’ सार्वजनिक भएको छ । गीत भारतको सिक्किम अन्तर्गत एमजी रोडमा छायांकन गरिएको छ । एमजी अर्थात पुर्व भारतीय प्रधानमन्त्री  महात्मागान्धीको नाममा नामकरण गरिएको ठाउँ हो यो ।

नेपालमा यति धेरै सुन्दर ठाउँ छन् जहाँ हजारौ फिल्म बनाए पनि भर्जिन लोकेशन भेट्न कुनै समस्या हुदैन । तर मौलिक फिल्म बनाउने भनेर चर्चा कमाएका निर्देशक विकाशराज आचार्यले नेपालमा ठाउँ नै नपाए झैँ भारत गएर फिल्म छयांकन मात्रै गरेनन्, उल्टो मौकामा चौका हान्ने भारतको प्रमोशन समेत गरे गीत र फिल्म मार्फत ।

कथाले मागेको भनेर उम्किन त पाइएला । तर नयाँ निर्देशक झरना थापाले नेपालमै फिल्मको माध्यमबाट पर्यटन प्रवर्धन गरिरहेको समयमा कहलिएका निर्देशकको रुची भारततर्फ किन होला ?