फिल्म ‘तुलसी’ को गीत सार्वजनिक

ऋचा घिमिरेको फिल्म तुलसीको गीत ‘तिम्रो नै मायामा’ सार्वजनिक भएको छ । गीतमा शान र साधना सरगमको आवाज रहेको छ । रन्जित गजमेरको संगीत रहेको गीतमा सुरेश अधिकारीको शब्द रचना रहेको छ । गीतमा बिमलेश अधिकारी र ऋचा फिचर्ड छन् । मिजास ईन्टरटेनमेन्ट एण्ड मिडीया प्रालिको ब्यानरमा बनेको फिल्ममा शंकर घिमिरेको निर्माण तथा निर्देशन एवं ऋचा घिमिरेको प्रस्तुति रहेको छ ।