‘बीर विक्रम २’ पोष्टर सार्वजनिक

मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको फिल्म ‘विर विक्रम २’ को पोष्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका मुख्य कलाकारलाई समेटिएको छ ।

चाम्स इम्टरटेनमेन्ट र लण्डन सिने आईको सयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा अपर्ण सापकोटा सह-निर्माताको रुपमा रहेका छन् । फिल्ममा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, विनिसा भण्डारीका अलवा, बुद्धि तामाङ, बालकलाकार मनिष लिम्बु, देशभक्त खनाल, शिशिर राणा, मनोज केसी, सन्तोष खनाल, क्षितिज शाक्य लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको ‘विर विक्रम २’मा रंजित गजमेर, राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, बनिष शाहको सम्पादन रहेको छ ।