तिम्रो मेरो कथा (भिडियो)

सन्दिप भट्टले निर्देशन गरेको म्युजिक भिडियो ‘तिम्रो मेरो कथा’ सार्वजनिक भएको छ । सुमन ढकाल र दिया के.सी फिचर्ड म्युजिक भिडियोको छांयाकन र सम्पादन सन्तोष सुनारले गरेका हुन् । राजेश खत्री तथा भिन्टी सिंहको स्वर रहेको गीतलाई गायक खत्रीले नै संगीत दिएका हुन् । लक्ष्मण सिटौंलाको शब्द रहेको गीतलाई मुम्वईमा रेकर्ड गरीएको हो ।