विराज भट्टले माफी मागे

फिल्म प्राविधिक शंकर पाण्डेसंगको लफडाका बिषयमा नायक विराज भट्टले माफी मागेका छन् । भट्ट र पाण्डे बीच सोमबार बेलुकी काठमाण्डौको एक क्याफेमा फिल्म ‘साङ्लो’ बिषयलाई लिएर झगडा भएको थियो ।

भट्टले आफ्नै निर्माण तथा निर्देशनमा बनाउन लागेको फिल्म ‘साङ्लो’को छायांकन फागूणबाट सुरु गर्ने बताएका थिए । सोही अनुरुप प्राविधिक पाण्डे प्रोडक्शन डिजाइनरको रुपमा पौषमै अनुबन्धित भएका थिए । तर फिल्म अझै सम्म फ्लोरमा गएको छैन ।

प्राविधिक पाण्डेले समयमा फिल्म छायांकन सुरु नभएको भन्दै अब यस फिल्ममा काम गर्न नसक्ने बताए । त्यसपछि, भट्टले फिल्म छाड्ने भए आफ्नो पैसा फिर्ता दिन भनेका थिए । तर, पाण्डेले आफूले ४ महिना भन्दा बढी समयदेखि यो फिल्ममा काम गरिरहेको भन्दै पैसा फिर्ता दिन नसक्ने जवाफ दिए लगत्तै भट्टले बसिरहेको ठाउँबाट पाण्डेको टाउकाको पछाडिको भागमा हिर्काएका थिए । भट्टले हिर्काएपछि पाण्डे भूइमा पछारिए ।

संगै बसिरहेका फिल्म प्राविधिक तथा निर्माता केशव घिमिरेले झगडा परेपछि विराजको हात समातेका थिए । घिमिरेले विराजको हात समातेपछि उठेर पाण्डेले पनि विराजलाई ४–५ मुक्का हानेका छन् ।