मस्कोमा नेपाली सट फिल्म

रुसको मस्कोमा अप्रिल २२ देखि २९ गतेसम्म हुने डिटेक्टीभफेस्ट इन्टरनेशनल फिल्म फेस्टिबलमा नेपाली सट फिल्म ‘परिणाम’ले सहभागीता जनाएको छ । सो फेस्टिबलमा नेपाली सट फिल्म ‘परिणाम’ छनोट भएको निर्देशक सुभाष गजुरेलले जानकारी गराए ।

सुप्रिम म्युजिक एण्ड फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको ‘परिणाम’मा प्रकृति र सम्पदामाथि मानव जातिले गरेको अपराधबाट श्रृजित परिणामलाई उजागर गरिएको छ । २० मिनेट लामो यस फिल्ममा गणेश उप्रेती, सपना श्रेष्ठ, शुभाष गजुरेल, श्याम बरालको अभिनय रहेको छ । गणेश कोइरालाको, छायाँकन, जनजित केसीको सम्पादन, टोलगेन्द्र केसीको लेखन रहेको यो सट फिल्मलाई विश्वराम विष्ट, छविलाल पाण्डेले निर्माण गरेका हुन् ।