‘कठपुतली’ फर्ष्ट लुक पोस्टर सार्वजनिक

नेपाली हरर फिल्म ‘कठपुतली’ को फर्ष्ट लुक पोस्टर सार्वजनिक भएको छ । एक राज्यमा शासन गर्ने राजाको दरबार भित्रको सेरोफेरोमा आधारित फिल्मको कथा पूर्ण काल्पनिक रहेको बताईएको छ ।

देशका प्रजा परिश्रमी तर शासक भने ऐश, आराम र मोजमस्तीको जीवन बिताउने क्रममा दिनदहाडै निर्दोष चेलिको बलात्कार र हत्या हुने घटनाबाट आजित महिलाहरुले मृत्युपरान्त लिने बदलाको कथा नै ‘कठपुतली’ रहेको फिल्मकी लेखक तथा कार्यकारी निर्माता सम्पदा मल्लले बताईन् । अन्य हरर नेपाली फिल्मभन्दा यो फिल्मभिन्न रहेको निर्माता पृथ्वी राना मगरले बताए ।

फिल्म भिमसेन लामाले निर्देशन गरेका हुन् । फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुबर्ण थापा लगायतका अन्य कलाकारहरुको प्रमूख अभिनय रहेको छ । पृथ्वी राना प्रोडक्शनको ब्यानरमा बनेको फिल्मका निर्मातामा पृथ्बी राना मगर र ईश्वर राई हुन् । सह निर्माताहरु माईक अर्याल, बिशाल गुरुङ्ग, धर्म श्रेष्ठ र हेम थापा हुन् । फिल्म प्रदर्शन मिति तय भएको छैन ।