मुकुट ब्याण्ड संग नविनको सहकार्य ‘तोडेर गयौ’

गायक नबिन के भट्टराईको रक ब्याण्ड मुकुटसंग सहकार्य गरेर गाएको ‘तोडेर गयौ’ गीत सार्बजनिक भएको छ । नकुल कार्की र रोशन कुँवरको शब्द रहेको उक्त गीतको संगीतमा समेत नकुललाइ  मुकुट ब्याण्डकै रोशन कुँवरले सघाएका छन् ।  गीतले रक र पप गीतका श्रोता तथा दर्शकलाइ संगै राख्ने आशा मुकुट ब्याण्ड को रहेको छ । ब्याण्डमा गिरिश सुबेदी, रोशन कुँवर,मनिष शाक्य ,शरद देउला आबद्ध छन्।   बिभुषण  दाहालको निर्देशन रहेको भिडियोको छायांकन तथा सम्पादन बिपिन रिजालले गरेका छन् ।