करिश्माको झटारो सलोनलाई कि अरुलाई ?

अभिनेत्री करिश्मा श्रेष्ठले नेपाली फिल्म खेलेता पनि उनी सफल हुन सकिनन् । सफल नहुनुका कारण धेरै पनि होलान् । तर, करिश्मा सामाजिक संजाल इन्स्टाग्राममा भने सफल छिन् ।

इन्स्टाग्राम हेर्दा उनलाई विन्दास हिरोइन भनेर भन्न पनि सकिन्छ । करिश्मा र अभिनेता सलोन बस्नेतको प्रेम थियो । प्रेम टुट्यो पनि । प्रेम टुटुपछि करिश्माको झटारो बेला बेला सलोनमाथि बर्सिन्छ ।

करिश्माले मदिरा बोकेको तस्बिर राखेर आफू मदिरामा मात्तिन तयार रहेको तर प्रेममा नरहेको लेखेकी छिन् । उनले अहिलेको प्रेम झुटो हुने पनि लेखेकी छिन् ।

मदिरामा मात्तिएर झुम्न तयार भएपनि प्रेमका लागि तयार नभएको कुरा उनले कसलाई भन्न खोजेकी होलिन् । उनीसँग त अभिनेता सलोन बस्नेतको मात्र नाम जोडिएको थियो ।

तर, उनी अहिले संचारमाध्यमसँग नजिक छैनन् । करिश्मालाई फिल्ममा अफर गर्ने निर्माता पनि भेटिएका छैनन् । उनको झटारो प्रेममा कुनै बेला रहेका अभिनेता सलोन बस्नेतलाई नै त होला ? कि अरुलाई हो ?

करिश्मा श्रेष्ठले बेला बेलामा प्रेमको झटारो हान्ने गरेकी छिन् । करिश्माजी झुटो प्रेममा नडुब्नु त राम्रो हो तर कहिलेकाही मदिरामा मात्तिनु पनि स्वास्थ्यका लागि हानिकारक नै हुन्छ है ।