सुनिल सिंह ठकुरीको गीतमा राजेश दाइ-भाउजु(भिडियो)

महानायक राजेश हमाल म्युजिक भिडियोमा देखिएका छन् । सुनिल सिंह ठकुरीको स्वर तथा संगीत रहेको गीतमा राजेश हमाल उनकी पत्नी मधुको साथमा देखिएका हुन् । हमाल जोडी म्युजिक भिडियो छायांकनका लागि चितवन पुगेका थिए । यस अघि यी दुईले एक विज्ञापनमा भने स्क्रिन सेयर गरेका थिए । मोडलिङ व्याग्राउन्डबाट आएकी मधुको म्युजिक भिडियोमा भने यो पहिलो प्रयास हो । ‘जिन्दगी’ बोलको गीतको भिडियो निर्देशन दशरथ सुनारले गरेका हुन् । छायांकनमा उत्सव दाहाल र सम्पादन विकाश दाहालले  गरेका छन् ।