‘एभेन्जर’को टिकट काट्न हलमा दर्शकको लाम (तस्विर सहित)

साइन्स फिक्सन हलिउड फिल्म ‘एभेन्जर’ को तेस्रो सिक्वेल बैशाख १३ बाट प्रदर्शनमा आउदै छ । सोहि फिल्मको प्रदर्शन मिति हेरेर नेपाली फिल्म ‘दाल भात तरकारी’ ले आफ्नो प्रदर्शन एक हप्ता पछि सारेको छ । एभेन्जर नेपालमा समेत बहुप्रतिक्षित फिल्मको रुपमा रहेको थियो। फिल्म प्रदर्शनको मिति नजिकिदै गर्दा २ दिन अगाडी बुकिंग खुल्ला भएसंगै टिकटका लागि हलमा दर्शकको लाम लागेको छ । सोही मितिमा फिल्म छक्का पन्जा २ समेत पुनः प्रदर्शनमा आउन लागेको छ ।