‘योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड’ को उत्कृष्ट मनोनयन सार्वजनिक

दोस्रो ‘योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड २०७६’को उत्कृष्ट पाँच मनोनय सुचि सार्वजनिक भएको छ । आयोजक योङ माइन्डस् इन्टरटेनमेन्ट प्राली ४८ बिधामा उत्कृष्ट ५ मनोनयन सुचि सार्वजनिक गरेको छ ।

नेपाली गीत, संगीत तथा त्यसका श्रष्ठाहरुलाई सम्मान तथा पुरस्कृत गर्ने  उदेश्यले आयोजना हुन लागेको यो अवार्डमा आयोजकले निशुल्क आवेदन भन्ने ब्यवस्था गरेको थियो ।

प्रोत्सान र जुरी अवार्ड सहित कुल ४८ बिधामा बितरण गरिने अवार्डमा २०७५ बैशाखदेखि फागुन मसान्तसम्म बजारमा आएका गीत संगीतको सहभागिता रहेको छ । अवार्ड बितरण मिति केही दिनमा एक कार्यक्रम सहित घोषणा गर्ने आयोजक आयोजक योङ माइन्डस् इन्टरटेनमेन्टका मुनाल सिसिर कोइरालाले बताए ।