आँचलसँगको दुरीमा सधै मौन पल

अभिनेत्री आँचल शर्मा र अभिनेता पल शाहले अब प्रेम टुटेको प्रश्नको सामाना गर्न थालेका छन् । पल र आँचलको प्रेम रहेको र प्रेमकै बारेमा सोधिने प्रश्नले घेरिने दुई जना कलाकार अब ब्रेकअपको कुरामा घेरिएका छन् ।

अभिनेता पल शाह विर विक्रम फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा ढिलो आए । पल शाह जामले गर्दा ढिलो आएको जवाफ दिए ।

पल शाहले फिल्मको बारेमा बोल्न नपाउँदै उनीसँग आँचल शर्माको प्रेमको बारेमा प्रश्न सोधे पत्रकारले ।

पल शाहका लागि यो अपेक्षित प्रश्न पनि थिएन । उनले अहिले फिल्मको ट्रेलर सार्वजनिक गर्ने कार्यक्रम भएकाले यसबारेमा अर्को पटक कुरा गरौला है भने ।

पल शाहको यो जवाफ चित्त नवुझेपछि अभिनेत्री बर्षा सिवाकोटीसँग नजिक भएपछि आँचलसँग टाढा हुनु भएको हो भन्ने प्रश्न पनि आयो ।

पल र आँचलको दुरी बढेको खबर आइसकेको छ । पल शाह भने अझै पनि प्रेम भएको पनि नभएको पनि केही पनि बताएका छैनन् ।

ब्रेकअप नै भएको हो भने एकपटक हो भनेर सबैको मुख टालिदिए भैहाल्यो नी पल जी ।