‘हाउडे माया’को ‘डबल माया’

‘डबल माया’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा श्रृजना खत्री ‘हाउडे माया’को स्वर रहेको छ भने र्याप मिस्टर आरजेको छ । सृजना र आरजेको शब्द रहेको गीतमा आरजेकै संगीत छ । शान थापाको निर्देशन रहेको भएको भिडियोमा अनुपविक्रम शाही र आँचल शर्मा फिचर्ड छन् । राजिव समरको नृत्य निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।