फिल्म ‘कुम्भकरण’ पोस्टर सार्वजनिक

आकाश पल इन्टरटेन्मेंट ब्यानरमा निर्माण भएको फिल्म ‘कुम्भकरण’ को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक २ पोस्टरमा गौरब पहाडीलाइ अरु फिल्ममा भन्दा भिन्न रुपमा प्रस्तुत गरिएको छ भने गौरबसंगै पोस्टरमा भोलाराज सापकोटा, निशा अधिकारी र अभय बराललाइ देखाईएको छ । पोस्टरमा देखाईए अनुसार नायिका निशा अधिकारी शिक्षिकाको रुपमा प्रस्तुत भएकी छिन् भने गौरब पहाडीलाई पनि शिक्षककै रुपमा देकाईएको छ ।

जेठ १७ गतेलाई प्रदर्शन मिति तय गरिएको यस फिल्मको  ‘कुटु कुटु’ गीत सार्वजनिक भैसकेको छ । सस्पेन्स कमेडी र प्रेम कथामा आधारित यस फिल्ममा दिपक ओलीको निर्देशन रहेको छ भने महेश दवाडीको पटकथा सम्बाद रहेको छ ।

फिल्ममा निशा अधिकारी, गौरब पहाडी, भोलाराज सापकोटा,  अभय बराल, प्रमोद अग्रहरी, आकाश पल, कुलदिप अधिकारी, कमल गाउले, प्रतिभा क्षेत्री र सुधब थापाको अभिनय रहेको छ । चित्र बहादुर घर्ति मगर र क्षितिज बस्नेतको निर्माण रहेको यस फिल्ममा सह निर्माताको रुपमा गिर प्रसाद घर्ति मगर र विजय श्रेठ रहेका छन् भने कार्यकारी निर्मातामा रोम ओली र चुपनिधि रिजाल (अरुण ) रहेका छन् । फिल्ममा गोबिन्द मधुर आचार्यको संगीत, कोरियोग्राफीमा सुनिल बसेल रहेका छन् । फिल्म हरि घले लामाले खिचेका छन् भने सम्पादन मिलन श्रेष्ठको रहेको छ ।