‘जात्रै जात्रा’ ट्रेलर

फिल्म ‘जात्रै जात्रा’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सुनको पछाडी दौडिएका फरक धारका मानिसहरुलाई देखाइएको छ ।

प्रदिप भट्टराइको निर्देशनमा तयार भएको यो फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँ हुन् । फिल्ममा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । फिल्ममा कलाकार दयाहाङ राई, विपिन मल्ल, कलाकार रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, बर्षा राउत, राजाराम पौडेल लगायतको अभिनय रहेको छ । फिल्म जेठ ३ गतेबाट प्रदर्शन हुँदैछ ।