फिल्म ‘मन्द मन्द’ मा रवि लामिछाने वन्दै विनय

राजबहादुर सानेले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘मन्द मन्द’ मा विनय श्रेष्ठ अनुबन्धित भएका छन् । उनी फिल्ममा कार्यक्रम प्रस्तोता रवि लामिछानेको भूमिकामा देखिने छन् । फिल्म ‘रोमियो एण्ड मुना’ पछि पर्दामा नदेखिएका उनी पहिलो सन्तानको आगमन संगै फिल्ममा फर्किएका छन् ।

उनीसँगै फिल्ममा रविन्द्र झा, प्रमोद अग्रहरि र राजाराम पौडेल अनुबन्धित भएका छन् । रुद्राक्ष फिल्मसको ब्यानरमा फिल्म रुद्र खनालले फिल्म निर्माण गर्न लागेका हुन् । बैशाख तेस्रो सातादेखि फ्लोरमा जाने फिल्मको छायांकन काठमाडौंसहित पश्चिम नेपालमा हुनेछ ।