फिल्म ‘दे दे प्यार दे’ का दुई गीत सार्वजनिक

अजय देवगण अभिनित फिल्म ‘दे दे प्यार दे’ को २ गीत सार्वजनिक भएका छन् । नेहा कक्कर र गर्री सन्धुको आवाजमा रहेको ‘हौली हौली’ गीतमा तानिस्क बाग्छीको संगीत रहेको छ ।  र उनले गायक सन्धुको साथ मिलेर शब्द रचना गरेका हुन् । त्यस्तै ‘तु मिला तो हेना’ गीतमा अमाल मालिकको संगीत, कुनालको शब्द तथा अर्जित सिंहको आवज रहेको छ ।

अकिव अलिको निर्देशन रहेको फिल्ममा अजय देवगण, तबु, दक्षिण भारतीय अभिनेत्री राकुल प्रीत सिंह लगायतको अभिनय रहेको छ । तरुण जेन र लभ रन्जनले लेखेको फिल्म भुषण कुमार, क्रिषण कुमार, लभ रंजन र अंकुर गर्गले निर्माण गरेका हुन् । फिल्ममा कम उमेरकी युवती संगको अजयको सम्बन्ध देखाइएको छ । फिल्म मे १७मा प्रदर्शनमा आउने छ ।