‘स्टुडेन्ट अफ द इयर २’ को गीत सार्वजनिक

सफल फिल्म ‘स्टुडेन्ट अफ द इयर’ को स्किवेलको गीत ‘मुम्बई दिल्ली दि कुडिया’ सार्वजनिक भएको छ । देव नेगी, पायल देव र विशाल दद्लानीको आवाज रहेको गीतमा वायुको शब्द तथा विशाल र शेखरको संगीत रहेको छ । रेमो डिसुजाको कोरियोग्राफी, सन्थाना कृष्णन रविचन्द्रणको छायाकन रहेको भिडियोमा टाइगर, तारा र अनन्या फिचर्ड छन् ।

फिल्ममा टाइगर श्रफ, तारा सुतायरा, अनन्या पाण्डे लगायतको अभिनय रहेको छ । पुनित मलहोत्राको निर्देशनमा तयार भएको फिल्ममा हिरो एस जोहर, करण जोहर र अपुरभा मेहताको संयुक्त लगानी रहेको छ । फिल्म आगामी मे १० बाट प्रदर्शनमा आउने छ ।