धुर्मुस-सुन्तलीलाई बद्री पंगेनीको गीत उपहार

लोकगायक बद्री पंगेनी र पूर्णकला विसीले ‘गौतम बुद्ध रंगशाला’ निर्माणार्थ एक गीत गएका छन् । ‘समृद्ध नेपाल बनाउने मन छ, नेपालीको, गौतम बुद्ध रंगशाला बन्छ नेपालीको’ बोलको गीत धुर्मुस सुन्तलीको यूट्यूव अकाउन्टबाट सार्वजनिक गरिएको हो । भिडियो शंकर विसीले निर्देशन गरेका छन् भने सुदिप बरालको छायांकन रहेको छ । गीतमा दुर्गा पंगेनीको शब्द रहेको छ ।