फिल्म ‘रे’ को पहिलो गीत सार्वजनिक

फिल्म ‘रे’ को पहिलो गीत ‘सागर माथि’ सार्वजनिक भएको छ । गीतमा मेलिना राई र ओम सुनारको स्वर, राजेन्द्र त्रिपाठीको शब्द र गायक ओमकै संगीत रहेको छ । गीतमा दिवश धिताल र सुजता थापा फिचर्ड छन् । भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ ।

फिल्ममा दिनेश पौडेलको निर्देशन तथा कथा रहेको छ । सगुन फिल्मसको ब्यानरमा निर्मित फिल्ममा सुनिल थापा, पुर्णिमा लामा, क्रान्ति बराइली, अभि जोशी, रक्षा गुरागाई लगायतका कलाकारहरुको पनि अभिनय छ । यस फिल्ममा दोय कुमार श्रेष्ठ र शंकर महर्जनको द्वन्द्व निर्देशन छ । राजेन्द्र त्रिपाठी निर्माता हुन् । फिल्म असार २७ वाट प्रदर्शनमा आउदै छ ।