पिपलुलाई वर छ (भिडियो)

गायिका सम्झना भण्डारी र गायक सुमन चापागाईंको ‘पिपलुलाई बर छ’ लोक दाहोरी गीत सार्वजनिक भएको छ । गायक चापागाईंकै शब्द रहेको उक्त गीतमा खेम सेञ्चुरीको संगीत रहेको छ भने बिनोद बाजुरालीको संगीत संयोजन  रहेको छ । रामजी खाँड , निराञ्जली लामा र खेम सेञ्चुरीको अभिनय रहेको उक्त गीतको भिडियो करण चैसरले छायाँकन गरेका हुन् । मौसम हिमालीको निर्देशनमा तयार भएको गीतको भिडियोलाई मनोज कार्किले सम्पादन गरेका हुन् ।