फिल्म ‘दोषी को ?’ को पहिलो गीत सार्वजनिक

करण फिल्मस प्रोडक्सन तथा गोपी अधिकारीको प्रस्तुतीमा निर्माण भएको फिल्म ‘दोषी को ? ’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘परेली बन्द गर ’ बोलको गीतमा गायिका अन्जु पन्त र गायक गोपी अधिकारीको स्वर रहेको छ । गोपी अधिकारीको शब्द तथा संगीत गीतमा रहेको छ ।

फिल्ममा करण थापा मगरको लेखन,  निमा लामा तामाङको निर्देशन, रमेश रेग्मीको कोरियोग्राफी रहेको छ । विश्वास भण्डारीको छायाँकन तथा सम्पादन फिल्ममा रहेको छ । फिल्ममा करण थापा ,मिठठु आले, रमेश रेग्मी, रविना थापा, नेहा गौत्तम, विजय राहु मगर, सुवास नेपाली, सपना लामाको अभिनय रहेको छ ।