सुब्रत राज आचार्य निर्देशित ‘चिम्टा’

अन्जु पन्त र दिपक पाण्डेको आवाजमा गीत ‘चिम्टा’ सार्वजनिक भएको छ । गीतमा डीपी खनालको शब्द, कृष्ण भार्ध्वजको संगीत र रिकेश गुरुङ को संगीत संयोजन रहेको छ । बर्षा राउत र सुनिल क्षेत्री फिचर्ड भिडियो छायांकन नवराज उप्रेतीले गरेका हुन् । गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा शृंगार लोकेश थापाको रहेको छ । सुब्रत राज आचार्य निर्देशित भिडियोको कन्सेप्ट भने जया शर्माको रहेको छ ।