संगीतकार विजु बज्रको निधन

प्रसिद्ध सङ्गीतकार,गीतकार,सङ्गीत संयोजक एवं रेकर्डिष्ट बिजु बज्रको हृदयघातका कारण  निधन भएको छ । उनी चालीसको दशकमा गुल्मीको वामी टक्सारबाट नेपाली कांग्रेसको राजनीतिक कलाकार बनेर नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेका थिए ।

झरी परिरह्यो मनमा थामिदैन आँसु, बिस्तारै छायो आँखामा अँध्यारो, तिमी मभन्दा कोसौँ टाढा छौ, मै ठुली भैछु रे आइदेऊ घुम्टी ओढाइदेऊस्वर,कुन रंगको कमी थियो र लगायत उनका बहुचर्चित गीतमा पर्छन् ।

संगीतकार बिजु बज्र लामो समयबाट मुटुको समस्याबाट पिडित थिए । श्रीमती कोपिला बज्राचार्यलाई पनि कुनै समयमा उनले पार्टीको गायिका बनाएका थिए। उनका जेठा छोरा कोविद बज्र पनि संगीतमै छन् । साथै उनका अर्का छोरा बिक्कु र छोरी रेबिका रहेका छन् ।