सुनिता कार्कीको ‘सुनमाला’ सार्वजनिक

गायिका सुनिता कार्कीको एकल गीतिसङ्ग्रह ‘सुनमाला’ सार्वजनिक भएको छ । गीतिसङ्ग्रहमा समावेश गीतहरुमा शब्द र सङ्गीत सुरेश अधिकारीले दिएका छन् ।

गीतिसङ्ग्रह ‘सुनमाला’मा ‘दुनियामा…’, ‘शितल हिमाली हावा…’ ‘साथी नै चाहिँदा…’, ‘शिर शिर सिरीरी…’लगायत पाँच वटा गीतहरु समावेश गरिएको छ । एल्वममा रहेका गीतहरु मध्ये दुनियामा बोलको गीतमा भने शब्द विद्या घिमिरेको रहेको छ । जोयस पाण्डेले निर्देशन गरेको गीतको भिडियोमा लक्ष्मि, दृश्य,  रोशनी र जोयस फिचर्ड छन् । विशाल प्रजापतिले छायाँकन गरेको गीतको भिडियोलाई उज्जल ढकालले सम्पादन गरेका हुन् ।