एउटा खेल्दा नयाँ, दोश्रोमा वेरोजगार

अहिले टिकटकमा हिट छिन्, रेश्मा घिमिरे । रेश्मालाई टिकटकमा हिट भएपछि चिन्ने जमात ठूलो छ । रेश्माले टिकटकमा भाइरल हुनु भन्दा पहिले पनि फिल्म खेलिसकेकी थिइन् । उनले खेलेको फिल्म नचलेपछि उनलाई दर्शकले चिनेनन् । दर्शकले नचिनेपछि रेश्मा फिल्मबाट बेरोजगार भइन् । अहिले उनलाई टिकटकमा भाइरल भएपछि म्यूजिक भिडियोमा भने अफर आइरहेको छ ।

नेपाली फिल्ममा डेब्यू गर्नका लागि सजिलो भन्ने गर्दछन् । नयाँ फिल्म खेल्नका लागि रुची भएकाहरुलाई गाह्रो छैन । को कसरी प्रवेश गर्छन् भन्ने फिल्मका मानिसहरुलाई नै थाहा हुन्छ ।

एउटा फिल्म खेल्दा डेब्यू अभिनेत्री भनेर फिल्म बनाउनेहरुले पनि रुची राख्छन् । संचारमाध्यममा पनि उनीहरुको नाम फिल्मको ब्यानर, पब्लिसिटी, काम गरेको कलाकारको क्रेजले पनि कतीम्म नाम कमाउने भनेर भन्न सकिन्छ ।

एउटा फिल्म खेल्दा नयाँ भनेर माया पाएका अभिनेता वा अभिनेत्री दोश्रो फिल्म पाउनका लागि बेरोजगार नै हुन्छन् ।

एउटा फिल्ममा खुबै नै हो भनेर पब्लिसिटी हुने तर अर्को फिल्म त पाउन नै गाह्रो हुने कारण के होला ?

नेपाली फिल्ममा अभिनेता वा अभिनेत्री छैनन् भनेर पनि टाउको कन्याउँछन् फिल्म बनाउनेहरु । तर, फिल्ममा आएकाहरु पनि काम नभएर वेरोजगार छन् ।

२०७५ सालमा २० जना अभिनेत्रीहरुले फिल्म खेलेका छन् । तर, उनीहरुले दोश्रो फिल्म पाउँछन् पाउँदैनन् भन्ने छैन । पहिलो फिल्म खेल्दा नयाँ भएकाहरुलाई दोश्रो फिल्ममा नलिएर फिल्म बनाउनेहरु अर्को नयाँ अनुहार खोज्न लागेका छन् ।

पहिलो फिल्म नचलेपछि फिल्म बनाउनेहरुले उनीहरुलाई लिन खोज्दैनन् । कि, साम्राज्ञी राज्यलक्ष्मी शाह जसरी पहिलो फिल्मबाट नै राम्रो काम गरेको हुनुपर्छ । नत्र, फिल्म बनाउनेहरु उनीहरुलाई पुरानी अभिनेत्री भन्छन् र नयाँ अभिनेत्रीलाई खोज्न थाल्छन् ।

सबैलाई फ्रेस अनुहार चाहिएको छ । फ्रेस अनुहार लिदा दर्शकमा रुची बढ्ने फिल्म बनाउनेहरुको सोच छ ।

पहिलो फिल्म खेलेपछि अभिनेत्री पुरानो हुने सोच नेपाली फिल्म बनाउनेहरुमा हाबी छ । पहिलो फिल्मबाटै नचलेपछि त्यो अभिनेत्री पुरानी र असफल हुन्छिन् । अभिनेताको लागि पनि यही नै हो । पहिलो फिल्म खेल्ने वित्तिकै अभिनेता वा अभिनेत्रीले पारिश्रमिक बढाउँछन् । पहिलो फिल्म नचलेको कलाकारले दोश्रो फिल्ममा पारिश्रमिक धेरै माग्दा निर्माता विच्किने गरेका छन् । यही भएर पनि नयाँ कलाकार पहिलो फिल्ममा हाइहाइ हुने र दोश्रो फिल्ममा वेरोजगार हुने समस्या बढ्दै गएको छ ।

दर्शकले नयाँ कलाकारले केही गर्लान् कि भन्ने आशा राख्न सक्छन् । तर पहिलो फिल्ममा नै संभावना नदेखाएका अभिनेता वा अभिनेत्री दोश्रो फिल्म पाउनका लागि सफल छैनन् । उनीहरुलाई फलाम चपाए जस्तै हुन्छ, दोश्रो फिल्म पाउन ।

नेपाली फिल्ममा आउने धेरै कलाकार बायोग्राफी बनाउन र विदेश जानका लागि सजिलो हुन्छ भनेर पनि आउँछन् । फिल्ममै गम्भिर भएकाहरुलाई काम पाउन मुश्किल पाइदैन । तर, फिल्मलाई भन्दा अरु स्वार्थलाई बढी महत्व दिनेलाई भने मुश्किल छ ।