श्वेता खड्काको स्वास्थ्य समस्यापछि भारतमा सफल शल्यक्रिया

अभिनेत्री श्वेता खड्का अस्पताल भर्ना भएकी छन् । उनले गर्धनमा रहेको ट्यूमरको भारतमा शल्यक्रिया गरेको जानकारी सामाजिक संजाल मार्फत दिएकी हुन् ।

ट्युमरको बिषयमा पहिल्यै जानकार उनी चिकित्सकको सल्लाह बमोजिम नै केही समय पछि शल्यक्रिया गर्ने र हाल फिल्म ‘हेल्लो जिन्दगी’ मा काम गर्ने भन्ने निर्णय गरेर लन्डन गएकी थिइन् । तर ज्वरोको कारण स्वास्थ्यमा समस्या देखिएपछि नयादिल्लीमा डा. सुरेन्द्र दासले ट्युमरको सफल सल्यक्रिया गरे । उनले अब फिल्म ‘हेल्लो जिन्दगी’ मा काम गर्न नसक्ने समेत बताएकी छन् ।