कुमार सानुको गीतमा निराजन र अस्मिता

भारतका चर्चित पार्श्व गायक कुमार सानुको स्वरमा रहेको नेपाली आधुनिक गीत ‘सयौँ जुनी सँगै जिउन’को भिडियो सार्वजनिक भएको छ । अमेरिकाको न्यूयोर्कका लागि नेपाली महावाणिज्य दूतसमेत रहेका साहित्यकार एवं सर्जक कृसु क्षेत्रीको शब्द रचना रहेको गीतमा युग भुषालको संगीत रहेको छ । भिडियोमा निराजन प्रधान र अस्मिता लामिछानेको अभिनय छ । भिडियोको निर्देशन दिलिप समनले गरेका हुन् ।  फराज अर्पणले गीतको भिडियो खिचेका हुन् भने सम्पादन पनि उनकै हो । जी एस क्रियशनले भिडियोमा अभिनय गर्ने कलाकारलाई पहिरन उपलब्ध गराएको हो । सार्वजनिक गीतमा आदित्य शंकरले गितार बजाएका छन् । गौरव मल्लिकले गीतको संगीत संयोजन गरेका हुन् । यस भिडियोको निर्माण रोशन पराजुलीले गरेका हुन् ।