आँचलको टार्गेट को ?

दाल भात तरकारीकी अभिनेत्री आँचल शर्मा बोल्ने कुरामा सोच्दिनन् । उनलाई मनमा लागेको कुरा बोल्न मन लाग्छ । बोलेपछि उनी विवादमा पर्छिन् ।

अभिनेत्री आँचल शर्मा अहिले कलाकारले लिने ठूलो पैसाको बारेमा बोलिरहेकी छिन् । दाल भात तरकारीको पब्लिसिटीमा आँचल हिडेकी छिन्, तर उनको बोली अरु अभिनेत्रीलाई लक्षित छ ।

उनले २० लाख पारिश्रमिक लिएको भनेर गफ मात्र हुने आरोप पनि लगाइन् । आँचलले युटुबमा दिएको कुराकानीमा पारिश्रमिक धेरै लिएको भन्न लगाइने गरेको भनेपनि कसका लागि उनको टार्गेट हो भनेर भनेकी छैनन् ।

उनले आफ्नै आँखाले थोरै पारिश्रमिक लिएर धेरै पारिश्रमिक भनिदिन निर्मातालाई कलाकारले आग्रह गरेको देखेको बताइन् । आँचलको यो टार्गेट कोतिर हो ? नेपालमा महंगो पैसा लिने अभिनेत्रीमा पूजा शर्मा र साम्राज्ञी राज्यलक्ष्मी शाह पर्छन् । आँचलले पूजा र साम्राज्ञीलाई टार्गेट गरेकी हुन् त ?