‘फिल्म कपि भएको हो’ केकी अधिकारी

अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले आफ्नो फिल्म ‘कोहलपुर एक्सप्रेस’ कपि भएको स्वीकारेकी छन् ।

फिल्म ‘छ माया छपक्कै’ को अनाउन्स्मेट कार्यक्रममा उनले फिल्म कपि भएको स्वीकार्दै पुनः सोहि गल्ति दोहोरिन नदिन अघिल्लो प्रोजेक्टको लागि मेहेनत गरिरहको बताएकी छन् ।  फिल्म कोहलपुर एक्सप्रेस भारतीय फिल्म मुम्बई एक्सप्रेसको कपि रहेको भनेर आलोचना हुदै आएको थियो । हाल उनी ‘छ माया छपक्कै’ मा ब्यस्त छिन् भने आफ्नै नयाँ फिल्मको तयारी गरिरहेको समेत फिल्मी वृत्त मा चर्चा चल्ने गरेको छ।