निर्देशक सेरेमोनियल कि कार्यकारी ?

Mero Film

फिल्ममा कथा फाइनल गर्ने, कलाकार चुज गर्ने काम निर्देशकले गर्छन् । विदेशतिर कास्टिङ डिरेक्टर भएपनि निर्देशकको बोली नै अन्तिम बोली हुन्छ ।

छक्का पन्जा जस्तो फिल्म बनाएर नेपालमा सबैलाई नेतृत्व गर्ने ब्यानर बनेका आमा सरस्वती मुभिजले रोहित अधिकारी फिल्मसँग मिलेर छ माया छपक्कै फिल्म बनाउँदैछ ।

यो फिल्मलाई दिपेन्द्र लामाले निर्देशन गर्दैछन्, जो नेपालका राम्रो फिल्म समिक्षक पनि हुन् । दिपेन्द्र लामाले यो फिल्म निर्देशन गर्ने भनेपछि दिपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल र उनीहरुको समुहले उनलाई काम गर्न नै नदिने, नाम मात्र राखेको भनेर चर्चा सुनिन्छन् ।

छ माया छपक्कै फिल्मको घोषणा हूँदा संचारकर्मीले दिपेन्द्र लामा र दिपकराज गिरीलाई यो प्रश्न धेरै सोधे ।

दिपकराज गिरी र दिपेन्द्र लामाको फिल्मलाई वुझ्ने तरिका मिल्दैन । दिपकराज गिरीका अनुसार, दुबै जनाको स्कुलिङ पनि फरक छ । तर, यसपटक आफ्नो आफ्नो कमजोरी छाडेर काम गरिरहेका छन् । दिपकराज गिरीले आफ्नो कमजोरी छाडेको, दिपेन्द्र लामाले पनि आफ्नो कमजोरी छाडेर काम गर्न लागेको बताएका थिए ।

कार्यक्रममा संचारकर्मीले दिपेन्द्र लामालाई सेरोमोनियल निर्देशकको आरोप लगाए । किनकी, दिपकराज गिरीले नै उक्त कार्यक्रममा फिल्मको कथा आफू, केदार घिमिरे, अभिमन्यू निरवी र जितु नेपाल बाहेक अरुलाई थाहा नै नभएको, यतिसम्मकी सल्लाहाकार निर्देशक दिपाश्री निरौलालाई पनि थाहा नभएको बताएका थिए ।

दिपकराज गिरीको यो कुराबाट दिपेन्द्र लामाको भूमिका कस्तो हो प्रष्ट हुन्छ । कार्यक्रममा दिपकराज गिरीले आफूहरु सबै सेरेमोनियल, सबै कार्यकारी भएको बताएका थिए । टिमले सल्लाहा नगरी फिल्म राम्रो नबन्ने भएकाले सबै जनाले छलफल गर्न आवश्यक हुने दिपकले बताए ।

निर्देशक दिपेन्द्र लामा कार्यक्रममा धेरै समय मौन बसेका थिए । दिपेन्द्रले छक्का पन्जाको ब्रान्डबाट यो फिल्म नछोइने बताएपनि फिल्मको फन्ट, फिल्म बनाउने मान्छे सबै उस्तै हुँदा दिपेन्द्र लामालाई आमा सरस्वती मुभिजले भित्राएर नाम मात्रको निर्देशक बनाएको जस्तो देखियो ।

फिल्ममा निर्देशकको भूमिका के हुन्छ भन्ने प्रष्ट हुनुपर्छ । फिल्म सफल भएपनि, असफल भएपनि जस अपजस निर्देशकले नै भोग्न पर्छ । अरु सबै सेरोमोनियल भएपनि निर्देशक कार्यकारी नै हुनुपर्छ । तर, निर्देशक समेत सेरोमोनियल भएको छ माया छपक्कैमा दिपेन्द्रले कती फ्रि तरिकाले काम गर्न सक्लान् ?


Leave a Reply

Your email address will not be published.