मजदुर दिवसलाई लक्षित गर्दै हेमन्त शर्माको ‘स्वतन्त्र’ सार्वजनिक

मजदुर दिवसलाई लक्षित गर्दै गायक हेमन्त शर्माले गीत ‘स्वतन्त्र’ सार्वजनिक गरेका छन् । माया पिरतीका गीत गएर चर्चा कमाएका उनले रास्ट्रीय भक्तिको गीतमा यहि गीतबाट पाहिला चालेका छन् ।

बल ताकतले भ्यायसम्म यो देशलाई सघाउछु,
खाचो परे यो देशलाइ शिरै पनि चढाउछु,!!!
हात कहिले जोड्दिन, हेपाइ पेलाइ सहदिन,
प्राण गए जावोस बरु, पारा आफ्नो छोड्दिन!!!
पन्छी झै आकाशमा उड्दै यो मन भन्छ
म स्वतन्त्र हु स्वतन्त्र

गीतमा स्वर शब्द संगीत शर्माकै रहेको छ ।  आफ्नो गीतको भिडियो आफैनिर्देशन गर्ने उनले यो गीत समेत आफै निदेशन गरेका छन् । युमी बलामी, सुभम भुजेल, रोमा न्यौपाने र गायक शर्मालाइ भिडियोमा देख्न सकिन्छ । बुद्ध थापाको छायांकन, बिकाश धमलाको सम्पादन, सुबोल थापाको कोरियोग्राफी र सबिना गुरुङको शृंगार भिडियोमा रहेको छ ।