अभिनेत्रीको बिहे गराइदिने दीपक

अभिनेता दिपकराज गिरीलाई अहिले अभिनेत्रीको बिहे गराइदिने अभिनेता भन्न थालिएको छ ।

दिपकराज गिरीसँग काम गरेपछि अभिनेत्रीको बिहे भएको देखिएको छ ।

प्रियंका कार्की, बर्षा राउत, दिपिका प्रसाई यसका उदाहरण हुन् । दिपकसँग फिल्ममा जोडी बाधेपछि उनीहरुको बिहेको कुरा भएको छ ।

अभिनेत्री पूजा शर्माको जन्मदिनमा दिपकले यही जोक गरे । उनले, बिहे गर्न हतार भएको भए आफूसँग फिल्म खेल्न पूजालाई आग्रह गरे ।

दिपकलाई लाग्छ, अब छ माया छपक्कैमा काम गरिरहेकी अभिनेत्री केकी अधिकारीको पनि बिहे हुन्छ । होइन, दिपकसँग काम गरेपछि अभिनेत्रीको बिहे नै हुने, यो मिलेको कि के हो ? कि दिपकले बिहे हुन हुन लागेका अभिनेत्रीसँग मात्र काम गर्छन् ?