आकाशले भनेको पूजाको बाटो कस्तो हो ?

- मेराेफिल्म

अभिनेत्री पूजा शर्माले जन्मदिन मनाइन् । पूजाको जन्मदिन उनका फ्यानले महत्वपूर्ण रुपमा मनाए । पूजालाई फ्यानले दिएको माया नेपाली फिल्ममा अरु कलाकारले पनि सोच्नुपर्ने खालको छ । किनकी, कुनै कलाकारलाई यस्तो माया फ्यानले दिएका छैनन् ।

पूजाको जन्मदिनमा अभिनेता आकाश श्रेष्ठ छुटेनन् । पूजा र आकाशको जोडीलाई दर्शकले मन पराउँछन् । मन पराएकाले पनि होला, यो जोडी नछुटेको ।

पूजाको जन्मदिनमा आकाशले आफू पूजाको बाटोमा हिडेको बताए । पूजा साहसी अभिनेत्री, अरुलाई सहयोग गर्ने अभिनेत्री भएको आकाशले बताए ।

आकाशले पूजाको बाटोमा हिड्दा र पूजा जस्तो साथी पाउँदा गर्व लाग्ने बताए ।

पूजाको बाटोमा हिडेका आकाशले आफ्नै बाटो बनाउन भने विर्सिए भने ? पूजाको बाटोसँगै आफ्नो बाटो पनि आकाशले कोर्ने हो कि ?

२०७६ वैशाख १८ गते १६:३५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *