‘भक्तराज आचार्य राष्ट्रीय संगीत सम्मान २०७५’ हुदै

भक्तराज आचार्य संगीत प्रतिष्ठान तथा सिटी एक्सप्रेस मनि ट्रान्सफरले “भक्तराज आचार्य राष्ट्रीय संगीत सम्मान २०७५’ आयोजना गर्ने भएको छ ।  यस बर्ष गायनतर्फ बरिष्ठ गायक प्रेमध्वज प्रधान र संगीततर्फ बरिष्ठ संगीतकार शम्भुजीत बॉस्कोटालाइ यस सम्मानद्वारा सम्मानित गरिनेप्रतिष्ठानले निर्णय गरेको छ ।

कार्यक्रम यहि २८ गते सनिवार हुने छ । गत बर्ष गायनतर्फ हरिप्रसाद रिमाल, सङ्गीततर्फ चन्द्रराज शर्मा सम्मानित भएका थिए । यस संस्थाले संगीतकर्मी कल्याणकारी कोषलाइ आर्थिक सहयोग र रोयल्टी प्रदानगर्दै आएकोछ ।