‘किड्स क्यापिटल’ आरजु

काठमाडौंमा सम्पन्न बाल बालिकाहरुको सौन्दर्य तथा प्रतिभा प्रदर्शन गर्ने प्रतियोगिता किड्स क्यापिटलको उपाधि आरजु श्रेष्ठले जितेकी छिन् ।  टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्सले आयोजना गरेको उक्त प्रतियोगितामा जुनियरतर्फ अनमोल खड्का, स्पन्दन तामाङ तथा मइसा थापाले क्रमशः फस्ट, सेकेण्ड तथा थर्ड रनर्स अपको उपाधि जित्न सफल भए । सिनियरतर्फ अर्पिया लामाले फस्ट रनर्स अप, पार्थ कोइरालाले सेकेण्ड रसर्न अप तथा अनुष्का खड्काले थर्ड रनर्स अपको उपाधि जिते ।

काब्या अधिकारी तथा आरजु श्रेष्ठले मोस्ट ट्यालेन्टेडको उपाधि जितेको उक्त प्रतियोगितामा कलश श्रेष्ठले भ्युअर्स च्वाइस अवार्ड, परिष्ना बास्तोलाले मोस्ट पपुलर (एसएमएस) को उपाधि जितिन् भने अभिन्न सुवेदीले मोस्ट पपुलर (इन्टरनेट) को उपाधि जिते । प्रतियोगिताका अन्य उपाधितर्फ अल्मा तामाङले मोस्ट डिसिप्लिन, सुरक्ष्ाँ राईले बेस्ट स्माइल तथा परिष्ठा श्र्ेष्ठले बेस्ट परफमरको उपाधि जित्न सफल भए ।

प्रतियोगिताका अन्य उपाधिहरुतर्फ स्वप्निल घिमिरे र प्रकृति परियारले बेस्ट पर्सनालिटी, बिप्लव पौडेल र प्ररिष्ना बास्तोलाले बेस्ट डान्सर, अभिन्न सुवेदी र अनुष्का खड्काले बेस्ट एक्टर, सरेन थापा र अर्पिया लामाले बेस्ट सिंगर, अनमोल खड्का र सुरक्षा मगरले फोटोजेनिक, पार्थ कोइराला र कलश श्रेष्ठले कन्फिडेन्ट, अनमोल खड्का र सजबी बरालले क्याटवाक, पार्थ कोइराला र परिष्ठा श्रेष्ठले स्मार्ट किड, अभिन्न सुवेदीले लिटिल प्रिन्स र सजबी बरालले लिटिल प्रिन्सेस, यूग पौडेल र किन्जल शाहले क्युट कन्टेस्टेन्ट, मइसा थापाले मोस्ट ब्यूटिफूल तथा स्पन्दन तामाङले मोस्ट हेण्डसमको उपाधि जित्न सफल भए ।