पुर्वाञ्चलमा फिल्म ‘काँचुली’ छायाँकन

बिजी बर्मा फिल्म्सको ब्यानरमा सामाजिक परिवेशलाई आधार बनाएर निमार्ण गर्न लागेको फिल्म काँचुलीको छायाँकन पुर्वाञ्चलमा हुने निमार्ण पक्षले बताएको छ । फिल्म कला राईको प्रस्तुति, शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा बन्ने छ । पुर्वाञ्चलका विभिन्न रमणिय स्थान , दमक , इलाम र श्री अन्तुका रमणिय स्थानमा छायाँकन गरिने फिल्मकी प्रस्तुतकर्ता कला राईले बताइन ।

फिल्ममा नायक ईश्वर खाती, नायिका शुभेच्छा थापा, रश्मि भट्ट, रबिन श्री, राजन महर्जन, रिजन बिसुन्खे , नव नायिका कृति छेत्री ,राजन श्रेष्ठ ,अस्मि थापा, मिलन तमाङ ,रमेस घतानीको अभिनय रहने छ । बाबुल गिरी,राजेन्द्र बजँगाईँ,शंकर अधिकारी घायलको संगीत तथा गायिका नित्याशिवा, गायक शम्भु रैका , गायक प्रह्लाद तिमिल्सिनाको आवाज गीतमा रहने छ । देव महर्जनको द्वन्द,राजन महर्जन को नृत्य र सुशील डाँगी को छायांकन रहने फिल्म निर्देशक शंकर अधिकारी घायलले बताए ।