आर्यनको बढ्दो क्रेज

मेरो एउटा  साथी छमा काम गरेपछि अभिनेता आर्यन सिग्देललाई फिल्ममा चकलेटी अनुहारको धनी भनिएको थियो । आर्यनको माग फिल्ममा ह्वात्तै बढ्यो । अभिनेता आर्यन सिग्देल चकलेटी रुपमा उदाएको बेलामा विराज भट्ट, निखिल उप्रेती लगायतका द्धन्द्धमा रमाउने हिरो थिए ।

आर्यन किस्मतबाट उदाएपछि उनलाई लिएर मायाप्रेमको फिल्म बनाउने निर्माता बढेका हुन् । आर्यनले मेरो एउटा साथी छ हुँदै नोभेम्बर रेन, क्लासिकसम्म क्रेज बचाएका थिए ।

तर, आर्यनले जस्तो पायो त्यस्तो फिल्म खेले । ६ लाखमा त्यो समयमा सुश्री खेले । यसले आर्यनको क्रेज डाउन भयो । आर्यन सिग्देलले पाएको एक नम्बरको ट्याग खोसिन लामो बेर लागेन ।

आर्यनले होम प्रोडक्शनकै फिल्म कायरा खेल्दा पनि त्यो नबचेको देखिएको हो । छक्का पन्जा हिट भएर पनि आर्यन जोगिएनन् । आर्यन अब विदेश पलायन हुन्छन् भनेर भन्ने फिल्मीकर्मीको संख्या धेरै भयो ।

आर्यन सिग्देल सकिदै गर्दा आएका अभिनेता अनमोल केसी, प्रदिप खड्का, पल शाह, सलिनमान बनियाँमा देखिएको क्रेजले उनलाई फर्किन गाह्रो छैन । आर्यनलाई अब त्यो बेलाको माया मिल्दैन भनेर भनिन्छ ।

तर, समय एकनाश रहँदैन । अभिनेता आर्यन सिग्देलको विकल्पमा आएका अभिनेता अनमोल केसी, प्रदिप खड्का, पल शाहमा केही समस्या देखियो । यी हिरो धेरै फिल्म खेल्दैनन् । यीनीहरुले खेलेको अनुसार धेरै फिल्म बन्दैन बर्षमा ।

अभिनेता केसीको जस्तो अभिनय यी तिनै हिरोमा छैन । अभिनेताले प्रेमको फिल्ममा गर्ने प्रेमको अभिनय अहिलेका हिरोले सक्दैनन् । यही भएर आर्यनको माग बढेको छ ।

हजार जुनी सम्म, चच हुइमा आर्यनले काम गरिसकेका छन् । उनलाई अनमोल केसीलाई  लिएर क्याप्टेन बनाएका निर्देशक दिवाकर भट्टराइले प्रेमको फिल्ममा नै अफर गरेका छन् । अर्का निर्देशक अमरदिप सापकोटा पनि आर्यनलाई फिल्म खेलाउन कथा वुझाएर बसेका छन् ।

आर्यन सिग्देलले फिल्म नै पाउँदैनन् भनेर गरिएको खोक्रो टिप्पणी असफल भएको हो । अब, अभिनेता सिग्देल चकलेटी हिरोको रुपमा जम्ने संभावना छ ।

अहिले चलेका अभिनेताहरु महंगो पैसा भन्ने गर्छन् । आर्यनले ठिकठाक रकममा काम गरिदिन्छन् । आर्यनको अभिनय, लुक पनि राम्रो छ । यसले उनलाई पर्फेक्ट अभिनेताको रुपमा चिनाएको छ ।

यी विशेषताले पनि आर्यन अब चुजी भएर कम फिल्म खेल्न थाले भने फेरि चल्छन् भनेर टिप्पणी हुन थालेको छ । छोराको आगमन भएपछि आर्यन गम्भिर भएका होलान् । आर्यनको गम्भिरता उनको काम गर्ने तरिकामा पनि आवश्यक छ । आर्यन सिग्देलले यो बचाए भने उनी  जस्तो अभिनेतालाई नेपाली फिल्मले चाडै नै फिल्म क्षेत्रबाट हराएको देख्नुपर्ने छैन ।