११ वर्षीय र्यापरको ‘दुःख’ (भिडियो)

गायक तथा संगीतकार बिनोद ढकालले ११ वर्षीय बालक रोजन बराइलीलाई नेपालकै कान्छा र्यापर गायकको रुपमा प्रस्तुत गरेका छन् । गायक ढकालले आफ्नै संगीतको  र्याप गीत ‘दुःख’ मार्फत सांगीतिक क्षेत्रमा ल्याएका हुन् । गायक ढकालको समेत स्वर रहेको उक्त गीतमा बराइलीले र्याप हानेका छन् । उक्त गीतका रचनकार पनि बराइली नै हुन् । गीतमा दिनेश श्रेष्ठको संगीत संयोजन छ । ‘दुःख’ को म्युजिक भिडियोलाई सोनम पाख्रिनले निर्देशन गरेका हुन् । उक्त गीतमा ठिट्ठा साबको उपनामले चिनिने कलाकार किशोर भण्डारी, कविता आलेमगर तथा जोर्डन राजभण्डारीले अभिनय गरेका छन् । सञ्जित श्रेष्ठद्वारा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका हुन् ।