फ्राइडे रिलिज सोलो फिल्म ‘दालभात तरकारी’

फ्राइडे रिलिज अन्तरर्गत आज बैशाख २० गते शुक्रबार मह सञ्चार र किरण केसीले निर्माण गरेको फिल्म ‘दालभात तरकारी’ प्रदर्शनमा आएको छ । फिल्म सुदन केसीले निर्देशन गरेका हुन् ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, स्वस्तिमा खड्का, बर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर बंदेल, विल्सन विक्रम राई, सुरेन्द्र केसी र अनुरागमान सिंह कुँवर को अभिनय रहेकोछ ।


फिल्मका निर्मातामा रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंस्कार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुंग, अनुराग मानसिंह कुँवर, शिशिर बंदेल, विल्सनविक्रम राई, दिपेन्द्र खनियाँ र सुमित मैनाली रहेका छन् ।

शम्भुजित बाँस्कोटाको संगीत रहने फिल्मका गीतहरुमा हरिवंश आचार्यको शब्द रहेको छ । फिल्ममा कोरियोग्राफी कविराज गहतराजले गरेका छन् भने छायाँकन दिर्घ गुरुंगको छ । कथा, पटकथा तथा संवाद हरिवंशकै रहेको छ । ‘शत्रुगते’को सफलतापछि मह सञ्चार र किरण केसीले निर्माण रहेको यो दोश्रो फिल्म हो ।