फिल्म ‘मारुनी’ प्याकअप

- मेराेफिल्म

फिल्म मारुनीको छायांकन सम्पन्न भएको छ । ५२ दिनको छायांकन पछि फिल्मको छायांकन सकिएको जानकारी फिल्म निर्माता पुनम क्षेत्री गौतमले सामाजिक संजाल फेसबुकमा पोष्ट गर्दै जानकारी दिएकी हुन् ।

पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतमको निर्माण रहेको फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्पल खड्का , रेविका गुरुङ, लगायतको मुख्य भूमिका रहेको छ । नवल नेपालको निर्देशन रहेको फिल्ममा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइको साथमा बाल–कलाकारको रुपमा सायरा आचार्य, आभाष सिंह, सौर्य अधिकारीको अभिनय रहेको छ । फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको छ ।

२०७६ वैशाख २० गते ७:३१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *