विराज भट्टको ‘साङ्लो’ निर्माण घोषणा

बिराज भट्ट फिल्म प्रोडक्सन प्रालिओ ब्यानरमा निर्माण हुने फिल्म ‘साङलो’ औपचारिक घोषणा भएको छ। तेज बहादुर खड्काको निर्माण रहने फिल्ममा बिराज भट्ट, निकिता चन्दक, प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, भारत शाह र रमेश सोडारीको अभिनय रहने छ ।

फिल्ममा सुरेश अधिकारी, राजन राज सिवाकोटी र खम्बू सिंहको संगीत, मानकृष्ण महर्जनको छायांकन रहेको छ । शिवम अधिकारीको लेखन रहेको फिल्ममा द्वन्द निर्देशन श्री श्रेष्ठको रहेको छ। राजेन्द्र रावल निर्माण नियन्त्रक रहेको फिल्ममा नवराज शर्मा मुख्य सहायक निर्देशक रहेका छन् । फिल्म बिराज भट्टले निर्देशन गर्दै छन्।