फिल्मको नशामा भुतुक्कै साम्राज्ञी

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फिल्मको नशा लागेको छ । फिल्मको नशा नलागोस् पनि किन ? उनले फिल्ममा आएपछि कमाएको नामले नै यो बोल्छ नी ।

साम्राज्ञीले अहिले फिल्मबाट नाम बनाएकी छिन्, १६ लाखसम्म लिन थालेकी छिन् । फिल्ममा उनले पाएको सफलता यही नै हो ।

साम्राज्ञीराज्यलक्ष्मी शाहलाई नेपाली फिल्मले धेरै कुरा दिएको छ । साम्राज्ञीले फिल्म मारुनीको छायांकन सकेकी छिन् । मारुनी छायांकन सकेपछि उनको ढाडमा ट्याटु देखिएको छ ।

उनले खोपेको ट्याटु सक्कली वा हो नक्कली खुलेको छैन । साम्राज्ञीले ढाडमा खोपेको ट्याटुमा क्ल्याप बोर्डको चित्र छ । फिल्मको छायांकनको समयमा क्ल्याप हान्ने गरिन्छ । साम्राज्ञीले क्ल्यापको ट्याटु किन बनाइन् । के उनले फिल्ममा आफ्नो माया धेरै छ भनेर देखाउन खोजेकी हुन् ।